शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

१ वर्षभित्रमा विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको औद्योगिक तथा कृषि प्रदर्शनी गरिने

शनिबार, ०७ फागुन २०७८, १३ : ५४
शनिबार, ०७ फागुन २०७८

नेपाल उद्योग परिसंघ प्रदेश १ ले आगामी वर्ष विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको औद्योगिक तथा कृषि प्रदर्शनी आयोजना गर्ने भएको छ ।  परिसंघ प्रदेश १ को कार्यसमितिको बैठकले प्रदेश १ को सम्भाव्यतासहितको औद्योगिक तथा कृषि प्रदर्शनी आयोजना गर्न पूर्वाधार निर्माणको तयारी तत्काल सुरु गरिने निर्णय गरेको हो । 

‘प्रदेश १ को सम्भाव्यतासहित आगामी वर्ष २०७९ माघको पहिलो हप्तामा अन्तर्राष्ट्रियस्तरको औद्योगिक तथा कृषि प्रदर्शनीको आयोजना प्रदेश नं. १ को राजधानी विराटनगरमा गर्ने र यसका लागि आजैबाट पूर्वाधारको काम प्रारम्भ गर्ने,’ परिसंघको निर्णयबारे जानकारी दिँदै अध्यक्ष भीम घिमिरेले भने । 

परिसंघले मुलुकको आर्थिक अवस्था नाजुक हुँदै गइरहेको अवस्थामा आर्थिक क्षेत्रका स्तम्भ मानिने उत्पादन मूलक उद्योगहरूलाई प्रोत्साहन गर्नुको सट्टा राज्य तथा बैंक, बिमा, विद्युत् जस्ता निकायबाट भइरहेको हतोत्साहित र कार्टलिङको विरोध स्वरुप राज्यका सबै निकायहरूको ध्यानाकर्षण गर्ने कुनै सुनुवाइ नभएमा आन्दोलनसहितको कडा कदम उठाउने पनि निर्णय गरेको छ । 

यस्तै बैङ्कहरूले महिनै पिच्छे बढाउने गरेको बैंक ब्याजलाई पूर्व भएको सहमति अनुरुप सिंगल डिजिटमा नझारेसम्म कडाभन्दा कडा विरोधसहितको कार्यक्रम गर्ने, निकट भविष्यमा नै आर्थिक क्षेत्र सम्बन्धमा बजेट कार्यान्वयन नयाँ बजेटको तर्जुमा र निजी क्षेत्रका समस्याका सम्बन्धमा भन्सार, आन्तरिक राजस्व एवं राजस्व अनुसन्धान विभागसँग अन्तरक्रिया गर्ने निर्णय पनि गरेको  अध्यक्ष घिमिरेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप