बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रुस र युक्रेनबीच बढ्दो तनाब बीच लुहान्स्कमा शक्तिशाली विस्फोट

शनिबार, ०७ फागुन २०७८, १२ : ५९
शनिबार, ०७ फागुन २०७८

रुस र युक्रेनबीच बढ्दो तनावको बीचमा लुहान्स्कमा ‘शक्तिशाली विस्फोट’ भएको स्पुतनिकले जनाएको छ। विस्फोट ग्यास पाइपलाइन ‘दुर्ज्भामा’ मा भएको र ठूलो आगलागी हुनसक्ने प्रक्षेपण गरिएको थियो । स्थानीय ग्यास पूर्वाधार व्यवस्थापन ‘लिहान्स्कगास’ ले विज्ञप्ति मार्फत्  जनाएअनुसार आपतकालीन टोलीहरू अहिले त्यस क्षेत्रमा उपस्थित छन्।

स्वघोषित डोनेट्स्क र लुगान्स्क जनवादी गणतन्त्रले युक्रेनी सशस्त्र बलहरूले गरेको गोलाबारीको समाचार सम्प्रेषण गरेपछि युक्रेनको डोनबासको सम्पर्क लाइनमा तनाब बढेको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप