सीमामा देखा परेका समस्यालाई समाधान गर्न अध्यक्ष डा.दत्तको निर्देशन
मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मधेस प्रदेशको सिरहा र सप्तरीमा रहेको ठाडी-लौकाहा, बेल्ही-लौकाहा, बेल्ही-लक्ष्मीपुर, रामनगर-कोदरकट्टी मा रहेको नेपाल-भारत सीमा को निरीक्षण गरेका छन् । आयोगमा सीमासम्बन्धी विभिन्न प्रकारको उजुरी आएपछि अध्यक्ष डा.दत्त स्वयं सो सीमाहरूमा पुगी स्थलगत निरीक्षण गरेका हुन् ।
निरीक्षणको क्रममा अध्यक्ष डा.दत्तलाई सशस्त्र प्रहरी बलका बीओपी कमान्डरहरूले त्यहाँ रहेका समस्या र अवस्थाहरू बारे जानकारी गराएका थिए । निरीक्षणको क्रममा अध्यक्ष डा.दत्तले लागूपदार्थहरू को ओसार-पसार, आपराधिक क्रियाकलापहरू हुन् नदिन निर्देशन दिएका थिए । अध्यक्ष डा.दत्तले सीमा सँग जोडिएको क्षेत्रहरूमा विभिन्न रणनीति बनाएर सुरक्षामा कमी-कमजोरी आउन नदिन तथा जनताको समस्या लाई प्राथमिकता मा राखेर समाधान गर्न समेत स्थानीय प्रहरीलाई निर्देशन दिएका थिए ।
बोर्डर अनुगमन पश्चात् अध्यक्ष डा.दत्तले विभिन्न ग्रामीण क्षेत्रहरूमा पुगेर जनता सँग स्थानीय समस्या बारे जानकारी समेत लिएको डा.दत्तको सचिवालयले जनाएको छ । सो क्रममा शिक्षा तथा स्वास्थ्य क्षेत्र सँग सम्बन्धित अत्यधिक समस्या रहेको त्यहाँका स्थानीय बासिन्दाहरूले बताएका थिए ।