जुम्लामा ६ हजार मतदाता थपिए
शनिबार, ०७ फागुन २०७८, १२ : ३२
जुम्लामा ६ हजार बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भिक तथ्यांकअनुसार जुम्लामा ६ हजार दुई सय ७१ जना नयाँ मतदाता थपिएका हुन् । ३ साउनदेखि २४ माघसम्म जुम्लामा नयाँ फोटोसहितको मतदाता नामावली संकलन भएको थियो ।
जिल्ला निर्वाचन कार्यालय जुम्लाले ७ फागुनमा परेको निर्वाचन दिवसको अवसरमा आयोजित अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजानिक गरिएको हो । जसमा महिला तीन हजार ४० जना र पुरुष तीन हजार दुई सय ३१ जना मतदाता थपिएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख तथा निर्वाचन अधिकारी महेश शर्माले बताए । उनले भने– थपिएका सहित जुम्लामा मतदाता संख्या जम्मा ६९ हजार तीन सय ३५ पुगेको छ । जसमा महिला मतदाता ३३ हजार एक सय ३७ र पुरुष मतदाता ३६ हजार १ सय ९८ जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता