शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रजातन्त्र दिवस : सरकारले आयोजना गरेको कार्यक्रममा एमाले र सभामुख अनुपस्थित

शनिबार, ०७ फागुन २०७८, १२ : २४
शनिबार, ०७ फागुन २०७८

बागमती प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा शनिवार आयोजना गरेको कार्यक्रममा प्रमुख विपक्षी दल नेकपा एमाले अनुपस्थित रह्यो ।

प्रदेश सरकारले तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा प्रमुख विपक्षी दल नेकपा एमाले अनुपस्थित भएको हो ।

कार्यक्रमस्थलमा गठबन्धनका मन्त्री, तथा सांसदहरूको मात्रै उपस्थिति रहेको थियो । विपक्षी एमालेसहित अन्य दलका नेता तथा सांसदहरू कार्यक्रम स्थलमा देखासमेत परेनन् । एमालेको अनुपस्थितिमा सञ्चालन भएको कार्यक्रममा आयोजकले पनि विपक्षी दललाई सम्बोधन गरेन ।

बागमती प्रदेशमा गठबन्धनको सरकार रहेकाले सोही अनुसार मञ्चमा आसनको व्यवस्थापन मिलाइएको थियो । मञ्चमा मुख्यमन्त्री राजेन्द्र पाण्डे, आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेल तथा स्वास्थ्यमन्त्री निमा लामा मात्रै अटाएका थिए । अन्य मन्त्रीहरू मञ्चको अघिल्लो भागमा रहेका थिए ।

त्यस्तै कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्मा, सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ पनि देखिएनन् । प्रदेश प्रमुख शर्माले भने स्वास्थ्य समस्याका कारण कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप