मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्रमा मिश्रित प्रभाव – परिसंघ

शनिबार, ०७ फागुन २०७८, १२ : २०
शनिबार, ०७ फागुन २०७८

नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले अर्थतन्त्रमा मिश्रित प्रभाव पार्ने नेपाल उद्योग परिसंघले जनाएको छ । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीति समीक्षाको प्रतिक्रिया दिँदै परिसंघले यस्तो बताएको हो ।

समीक्षामार्फत केन्द्रीय बैंकले उत्पादनशील क्षेत्रतर्फ प्रवाह हुने कर्जामा अन्य क्षेत्रको तुलनामा कम ब्याजदर कायम गर्ने नीति स्वागतयोग्य रहेको परिसंघले विज्ञप्तिमार्फत बताएको छ । यस्तै, आगामी त्रैमासबाट कुनै एक क्षेत्रमा नमुनाका रूपमा कार्यान्वयन गर्ने निर्णयले उद्योग क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने परिसंघको माग सम्बोधन हुने क्रममा रहेको बताइएको छ ।

साथै यो व्यवस्था कुनै एक क्षेत्रमा मात्र सीमित नगरी सम्पूर्ण उत्पादनशील क्षेत्रमा विस्तार हुनेमा परिसंघ विश्वस्त छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत पूर्वाधार विकास बैंकलाई ऊर्जा ऋणपत्र जारी गर्न दिने व्यवस्था सकारात्मक रहेको परिसंघले बताएको छ । 

नेपाल राष्ट्र बैंकले समीक्षामार्फत अवलम्बन गरेका मौद्रिक तथा वित्तीय उपायहरूले बजारमा तरलताको समस्या समाधान हुन भने कठिन देखिएको छ । ‘एकैपटक २ अंकले बैंकदर बढाइनुले वाणिज्य बैंकहरू थप समस्यामा पर्ने निश्चित छ’, परिसंघले भनेको छ, ‘यस निर्णयले लगानीको ब्याजदर बढ्ने, उपभोग्य वस्तुको मूल्य वृद्धि हुने र अर्थतन्त्र अझै नाजुक अवस्था तिर जाने देखिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप