शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि लमजुङका ३२ विद्यालय छनोट

शनिबार, ०७ फागुन २०७८, ११ : ०१
शनिबार, ०७ फागुन २०७८

राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङमा ३२ विद्यालय छनोट भएका छन् ।  राईनासका आठ, बेंसीशहरका ६ र  सुन्दरबजार नगरपालिकाका पाँच विद्यालय छनोटमा परेका छन् । त्यस्तै, दोर्दीका पाँच, मध्य नेपालका चार, मर्स्याङ्दीका  तीन र दुधपोखरी गाउँपालिकाको एउटा विद्यालय छनोट भएको छ ।

शिक्षा तथा मानव स्रोतत विकास केन्द्रका अनुसार छनोट भएका १४ वटा विद्यालयमा कक्षा कोठा निर्माण हुनेछ । त्यस्तै, शिक्षामा नविन प्रविधि प्रवर्द्धनमा १७ र  एउटा विद्यालय प्रयोगशालाका निम्ति छनोट भए ।  आठ वटा विद्यालयमा चार कोठे भवन बन्नेछ भने नौ वटा विद्यालयमा दुई कोठे भवन बन्ने छ । जिल्लामा गत वर्ष सोही कार्यक्रम अन्तर्गत १६ विद्यालय छनोटमा परेका थिए ।

छनोट भएका विद्यालयले ६ लाख ५० हजारदेखि ३६ लाख रुपैयाँसम्म अनुदान पाउने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप