मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ को नाम जुराउने प्रयासः फागुन १० गते सर्वदलीय बैठक

शनिबार, ०७ फागुन २०७८, ०८ : १२
शनिबार, ०७ फागुन २०७८

प्रदेशको स्थायी सदरमुकाम विराटनगर कायम भइसकेपनि नामकरण गर्न नसकेको प्रदेश १ सरकार सहमति जुटाउने प्रयासमा जुटेको छ । जसअनुसार प्रदेश १  सरकारले सर्वदलीय बैठकको आह्वान गरेको छ ।   प्रदेश  सरकारले  फागुन  १०  गते  सर्वदलीय बैठक आह्वान गरेको हो । 

उक्त  बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका  संसदीय  दलका  नेता,  तीनै  दलहरूका  प्रदेश  कमिटी  अध्यक्ष   र  सरकारका  सबै  मन्त्रीहरूलाई खबर गरिने संयोजक यादवले जानकारी दिए । 
मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण गर्नका लागि पहल गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप