बेग्लै छ माइतीघरको चिच्याहट
जिन्दावाद !... मुर्दावाद ! सिंहदरबारलाई आफ्ना माग र मुद्दा सुनाउन यसरी चिच्याउने स्थलमा परिणत भएको छ काठमाडौँको माइतीघर मण्डला । तर सिंहदरबार सुन्छ वा सुन्दैन ? थाहा नभए पनि नसा चुँडिने गरी चिच्याउन आन्दोलनकारी चुक्दैनन् ।
माइतीघरकै सडक हुँदै बन्द गाडीमा मन्त्री गुड्छन्, मन्त्रालयका सचिव गुड्छन्, जिम्मेवार पदाधिकारी गुड्छन् । तिनले कति सुन्छन् आन्दोलनकारीलाई वास्ता हुँदैन । साधारण बटुवाले चाहिँ ती आवाज मजाले सुन्छन् । अनि फुर्सद हुनेहरू उभिएर रमिता हेर्छन् । भाषण सुन्छन् । चासो नहुने चाहिँ दिनदिनैको नाराबाजी यस्तै हो भनेर बाटो लाग्छन् ।आन्दोलन गर्न विद्यार्थीदेखि प्रमुख राजनीतिक दलका शीर्ष नेतासम्म त्यहाँ पुग्छन् । यसै भएर माइतीघर वरपरको व्यवसाय बढेको पनि छ । कुनै व्यवसायी वाक्क दिक्क मान्छन्, कोही दिनदिनै भए जीविकोपार्जन गर्न काइदै हुन्छ भन्ने ठान्छन् । आन्दोलनको समय कार्यालय समयकै आसपास हुन्छ ।
प्रायः बिहान ११ देखि अपराह्न ४ बजेसम्म त्यो स्थल खाली नै हुँदैन । २०५८ पुसमा काठमाडौँमा सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ११औँ शिखर सम्मेलनताका माइतीघरको घुमाउनेमा रहेका घरहरू विस्थापन गरी अहिलेको मण्डला बनाइएको हो । त्यसपछिका दिनमा त्यसै मण्डलामा उभिएर आन्दोलन हुन थालेका हुन् । अचेल त्यहाँ प्रतिबन्ध लगाइएपछि मण्डलाको दक्षिणतर्फको र्भिस लेनमा आन्दोलनका विभिन्न कार्यक्रम गरिन्छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन