अमेरिकाले नेपालमाथि दबाब बढाएको भन्दै चीन असन्तुष्ट
एमसीसीको विषयलाई लिएर अमेरिकाले नेपालमाथि दबाब बढाएको भन्दै चीनले असन्तुष्टी जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबार बेइजिङमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै असन्तुष्टि जनाएका हुन् ।
प्रवक्ता वाङले चीनले आफू ‘धम्कीपूर्ण कूटनीति’को पक्षमा नरहेको समेत स्पष्ट पारेका छन् । पत्रकार सम्मेलनमा अमेरिकाले यही फेब्रुअरी २८ भित्र एमसीसी संसदबाट अनुमोदन गर्न नेपाललाई दबाब दिएको भन्दै चीनको धारणा सोधेका थिए । पत्रकारहरुले सोधेको सो प्रश्नमा प्रवक्ता वाङले अमेरिकाको ‘दबाबपूर्ण कूटनीतिक’ भन्दै त्यसको विरोध गर्नुभएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।
पत्रकार सम्मेलनमा वाङले भने, ‘चीनले नेपाललाई सहयोग गर्न र नेपालको आर्थिक विकास र जीविकोपार्जनमा योगदान दिने अन्तर्राष्ट्रिय समुदायलाई स्वागत गर्छ । तर यो राजनीतिक अवस्थाका आधारमा भन्दा पनि नेपाली जनताको इच्छामा आधारित हुनुपर्छ,’ उनले पत्रकार सम्मेलनमा नेपाललाई दिने विकास सहयोग निरन्तर जारी रहेन प्रतिबद्धता समेत जनाए ।
‘छिमेकी मित्र राष्ट्र र विकास साझेदार भएको नाताले चीन नेपाली जनताले आफैं विकासको बाटो रोज्ने कुरालाई समर्थन गर्दछ । आफ्नो देशको स्वार्थ र जनताको हित हुनेगरी नेपालले लिने निर्णयमा हाम्रो समर्थन रहनेछ,’ वाङले पत्रकार सम्मेलनमा भने ।
केहीदिन अघि अमेरिकाले फेब्रुअरी २८ भित्र एमसीसी अनुमोदन गर्न नेपाललाई दबाब दिएको थियो । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरुलाई फोन गरेर एमसीसी अनुमोदन गर्न दबाब दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन