सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

सेनाले तीनदिने बृहत प्रदर्शन गर्ने

शुक्रबार, ०६ फागुन २०७८, २२ : ०८
शुक्रबार, ०६ फागुन २०७८

नेपाली सेनाले सेना दिवसका अवसरमा यही फागुन १४ गतेदेखि १६ गतेसम्म सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा वृहत प्रदशन गर्ने भएको छ । केही वर्ष अघिदेखि महाशिवरात्रि तथा सेना दिवसका अवसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर प्रदर्शनी गरिँदै आएको छ । यही फागुन १७ गते महाशिवरात्रिका दिन सेना दिवस मनाइँदैछ ।

निःशुल्क प्रवेशको सुविधा मिलाएको प्रदर्शनीमा नेपालका प्रमुख सेना नायकलगायत तस्वीर, सैनिक व्याण्ड, हातहतियार, उपकरण, पोशाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माणमा सहभागितासम्बन्धी विषयवस्तु समेटिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

राष्ट्र सङ्घीय शान्ति स्थापनामा सेना सहभागिता, विशेष फौज, एकीकरण पदमार्ग जर्गेना, पदिक फौज र मद्दति अङ्ग, घोडचढी तथा भैरव वहान गुल्म, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण सुरक्षा गतिविधिबारे प्रदर्शनी अवलोकन गरी जानकारी हाँसिल गर्न सकिने छ । सैनिक केन्द्रीय पुस्तकालय अगाडि मैदानमा तीन दिनसम्म बिहान १० बजेदेखि साँझ पाँच प्रदर्शनी आयोजना गरिने जानकारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप