धितोपत्र बोर्ड अध्यक्ष हमालद्वारा पदभार ग्रहण
शुक्रबार, ०६ फागुन २०७८, १९ : ५१
![धितोपत्र बोर्ड अध्यक्ष हमालद्वारा पदभार ग्रहण](https://rpcdn.ratopati.com/media/albums/Hamal1645186955_LEqFuMIBfX.jpg)
नेपाल धितोपत्र बोर्ड (सेबन)का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पदभार ग्रहण गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न आग्रह गर्दै उनलाई पदभार ग्रहण गराएका हुन् ।
शुक्रबार अर्थ मन्त्रालयमा शपथ गराउँदै उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्नसमेत आग्रह गरे । पुँजीबजारको सुधारका लागि धेरै काम गर्न बाँकी काम रहेको मन्त्री शर्माले स्मरण गराएका थिए ।
उनले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिक रूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । नवनियुक्त अध्यक्ष हमालले सेबोन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूले सोधे– भारतले नेपाली भूभाग मिच्दा सरकार किन मौन ?
-
आईसीसी वरीयतामा अभिषेकको छलाङ
-
महान्यायाधिवक्ता कार्यालयको तीन निर्णय विवादमा
-
कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिको काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
-
ट्रम्प प्रशासनले अवैध आप्रवासीलाई फिर्ता पठाउन किन सैन्य विमान प्रयोग गरिरहेको छ ?
-
संघीयताको लाभ सबैभन्दा धेरै दुर्गम क्षेत्रहरूले लिएका छन् : वर्षमान पुन