शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रञ्जु दर्शनाले गरिन् इन्गेज्मेन्ट

शुक्रबार, ०६ फागुन २०७८, १९ : ४६
शुक्रबार, ०६ फागुन २०७८

विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले इन्गेज्मेन्ट गरेकी छन् । उनले किशोर कुईंकेल (किसु)सँग इंगेजमेन्ट गरेकी हुन् । दर्शनाले सामाजिक सञ्जालमार्फत् सारा ब्रह्माण्डलाई साक्षी राखेर टिका कार्यक्रम सम्पन्न गरेको जनाएकी छन् ।

'आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ । दियो कलश र गणेश भगवान एवं परिवारका सदस्यहरू, निकट साथीहरु र सारा ब्राह्मणड साक्षी राखी फूलमाला, टीका कार्यक्रम सम्पन्न गरेका छौं,' उनले लेखेकी छन्, 'तपाईंहरूको आशीर्वाद र शुभकामनाको लागि हृदयदेखि कृतज्ञ ज्ञापन गर्न चाहन्छु । मायाको यात्रामा एक सशक्त जीवन साथी बनी हरदम साथ दिने मेरो हरेकदिन प्रयास रहने छ किसु। तिम्रो जीवनमा, परिवार मलाई खुल्ला हृदयले स्वागत गरेकोमा धेरै धन्यवाद किसु ।'

उनको विवाह कहिले हुने भन्ने खुलाइएको छैन । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेपछि उनी  चर्चामा आएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप