बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

उदयपुरबाट ४ सय किलो गाँजासहित ३ जना पक्राउ

शुक्रबार, ०६ फागुन २०७८, १८ : २४
शुक्रबार, ०६ फागुन २०७८

उदयपुरको बेलका नगरपालिका–८ स्थित सिरुवानीबाट प्रहरीले ४ सय किलो गाँजा बरामद गरेको छ । सो गाँजा ओसारपसार गर्ने ३ जनालाई पक्राउ गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा बेलका नगरपालिका–८ बस्ने २७ वर्षीय गोकुल राई, बेलका–७ बस्ने २९ वर्षीय मनोज राई र सुनसरीको बराहक्षेत्र घर भएका २३ वर्षीय मनिष धामी छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले को १ ज २७६१ नम्बरको महेन्द्र पिकअपबाट सो गाँजा बरामद गरेको थियो ।

पक्राउ परेका गोकुल राई पिकअपका साहु र चालक पनि हुन् । आरोपीहरुको साथबाट प्रहरीले ६३ हजार नगद पनि बरामद गरेको छ । उनीहरुविरुद्ध लागु औषध नियन्त्रण ऐन–२०३३ अनुसार जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी बोहराले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप