पश्चिम नवलपरासीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
शुक्रबार, ०६ फागुन २०७८, १७ : ४७
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–११ स्थित रानीपाकडमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको छ । लु १९ प १८७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६ वर्षीय बालक निमराज चौधरीको मृत्यु भएको पश्चिम नवलपरासीका डिएसपी प्रेमबहादुर शाहीले रातोपाटीलाई बताए ।
भैहरवा–भूमही सडक खण्डमा सो मोटरसाइकल उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको थियो । दुर्घटनामा गम्भिर घाइते भएका चौधरीको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकल चालक रामग्राम नगरपालिका–१० बस्ने २७ वर्षीय नरेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशमा पुस ९ भित्र खेलाडीले आफूलाई दर्ता गर्नुपर्ने
-
टोखाको आगलागी नियन्त्रणमा
-
सुशासन स्थापनामा सूचनाको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री लामिछाने
-
टोखामा आगलागी
-
कर्णाली, गण्डकी र कोशी नदी सभ्यतामा आधारित सांस्कृतिक पर्यटन विकास गर्न संयन्त्र निर्माण गरिने
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा