एडीबीसँग थप सहकार्यको खाँचो छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनलाई विश्व बजारमा व्यापक रूपमा लैजान एशियाली विकास बैंक (एडीबी) सँग थप सहकार्यको खाँचो रहेको बताएका छन् । शुक्रबार एडीबीका कार्यकारी निर्देशक डा.वान फारिसनसँग भर्चुअल माध्यमबाट छलफलका क्रममा मन्त्री शर्माले यस्तो बताएका हुन् ।
हाल नेपालमा उत्पादित सामान थोरै मात्रामा मात्र निर्यात भइरहेको जानकारी गराउँदै मन्त्री शर्माले निर्यात वृद्धिकै लागि पनि नेपालले एडीबीसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘नेपालको निकासी न्यून मात्रामा मात्रै भएको छ । उत्पादन गर्ने वस्तु वा क्षेत्रको छनोट र उत्पादित वस्तुको निकासी गरी विश्व बजार शृङ्खलामा पुर्याउन पनि एडीबीसँगको हाम्रो सहकार्य आवश्यक रहेको छ’ मन्त्री शर्माले भने । सो अवसरमा मन्त्री शर्माले नकारात्मक पक्षहरुलाई न्यूनीकरण गर्ने कुराहरूमा पनि थप जोड दिन आवश्यक रहेको औंल्याए ।
अर्थतन्त्र तथा व्यापारका सूचकाङ्कलाई सुधार गर्न जरुरी रहेको मन्त्री शर्माको भनाइ छ । त्यसका लागि लगानीमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रलाई प्रोत्साहन एवम् उत्साहित बनाउनुपर्ने उनले बताए । छलफलमा उनले एडीबीले कोभिड महामारीलाई नियन्त्रण गर्न तथा नेपालको अर्थतन्त्रलाई सुधार गर्न पुर्याएको सहयोगप्रति बैंकलाई धन्यवाद समेत दिए । उनले कोभिडपछि अर्थतन्त्रलाई उकास्न अझै धेरै काम गर्न बाँकी रहेको र त्यसमा थप सहकार्य नेपाललाई आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशमा पुस ९ भित्र खेलाडीले आफूलाई दर्ता गर्नुपर्ने
-
टोखाको आगलागी नियन्त्रणमा
-
सुशासन स्थापनामा सूचनाको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री लामिछाने
-
टोखामा आगलागी
-
कर्णाली, गण्डकी र कोशी नदी सभ्यतामा आधारित सांस्कृतिक पर्यटन विकास गर्न संयन्त्र निर्माण गरिने
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा