नगरकोटमा युवतीको रहस्यमय मृत्यु
चाँगुनारायण नगरपालिका वडा न. ६ मा एकजना महिलाको रहस्यमय ढंगबाट मृत्यु भएको छ । बिहीबार २२ वर्षकी सुर्यमाया तामाङको मृत्यु भएको भन्दै मृतकका श्रीमानले माइतीघर काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा न. २ मा रहेकी सासु आमालाई खबर गरेका थिए । मृतकले २०७७ साल चैतमा चाँगुनारायण ६ का राजिव तामाङसँग प्रेम विवाह गरेकी थिइन् । मृतकका बुबा संग्राम तामाङ भने ‘मेरो छोरीको हत्या भएको हो, आफैं मरेको होइन ।’
खबर आएलगत्तै माइती पक्ष मृतक महिलाको घरमा पुग्दा उनको शरीर सुत्ने ओछयान भएको संग्राम बताए । केही समय पहिले पनि छोरीले घरमा झगडा परेको भन्दै राती १२ बजेतिर फोन गरेको उनले स्मरण गरे । घर पक्षले झुन्डिएर आत्महत्या गरेको भनेपनि माइती पक्ष उक्त कुरा विश्वास गर्ने ठाउँ नभएको सुर्यमायाका दाई रामकुमार तामाङको भनाई रहेको छ । बिहे लगत्तै बहिनीमाथि हिंसा हुने भएको र आमाजुले मानसिक तनाव दिने गरेको दाजुको आरोप छ ।
सुर्यमाया र श्रीमान विदेश जाने तयारीमा समेत रहेका थिए । सीपमुलक तालिममा समेत जाने गरेको दाजुले बताए । बिहीबार राजीवले आफु मात्रै विदेश जाने भनेर म्यान पावरबाट सूर्यमायाको पासर्पोट फिर्ता ल्याएको माइती पक्षको आरोप छ ।
मृतकको शव ओछ्यानमा भएको, शरीरका विभिन्न भागमा रगत देखिएको आत्महत्या नभइ हत्या भएको भन्दै महानगरीय प्रहरी परिसरमा उजुरी दिन माइती पक्ष काभ्रेबाट भक्तपुर आएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेले मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमा रहेको र रिर्पोट आउन बाँकी रहेको बताए ।
शव परीक्षणको रिपोर्ट आएपछि घटना सम्बन्धमा थप अनुसन्धान हुने डीएसपी पाण्डेको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’
-
आजको मौसम : पश्चिमी वायुको सामान्य, कहाँको तापक्रम कति ?
-
१७ वर्षीया सरिता तामाङको हत्या आरोपमा युवक पक्राउ