एमालेको अवरोधका बीच आयोगको प्रतिवेदन पेश
शुक्रबार, ०६ फागुन २०७८, १३ : ५०
प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधका बीच संसदमा आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व. २०७७/७८ पेश भएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व. २०७७/७८ पेश गरेका हुन् ।
शुक्रवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले संसदको अवरोध जारी राखेको छ । बैठकमा एमाले सांसदहरुले पक्षपातपूर्ण व्यवहार मुर्दावाद, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउने षड्यन्त्र गर्न पाइदैन, गैर सांसदलाई बैठकमा प्रवेश निषेध गर, पदीय मर्यादा कायम गर, हाम्रो बिरोध जारी छ लगायतका नाराबाजी गरी सदनको अवरोध कायमै राखेका थिए ।
प्रतिनिधि सभाको आगामी बैठक फागुन ८ गते आइतवार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा