मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

संसद बैठक : आदिवासी जनजाति प्रतिवेदन पेश गर्ने कार्यसूची

शुक्रबार, ०६ फागुन २०७८, १३ : २६
शुक्रबार, ०६ फागुन २०७८

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले आज बस्ने प्रतिनिधिसभा बैठकको एउटा मात्र कार्यसूची तय गरेको छ । जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७,०७८ पेश गर्ने’ कार्यसूची तय भएको छ ।

आजको कार्य व्यवस्थामा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सामान्य छलफल भएपनि गठबन्धनमा अर्को बैठकसम्म कुर्ने सहमतिका कारण कुनै निर्णय भएन । प्रतिनिधिसभा बैठक दिउँसो १ बजेपछि बस्दैछ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप