शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्र शाही आजदेखि भए राप्रपा, राजेन्द्र लिङ्देनले गरे स्वागत

शुक्रबार, ०६ फागुन २०७८, १३ : १७
शुक्रबार, ०६ फागुन २०७८

भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गरेका छन् । शुक्रबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा शाहीलाई अध्यक्ष राजेन्द्रले स्वागत गरेका हुन् । 
सोही अवसरमा शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानको सिंगो कमिटी समेत राप्रपामा समाहित भएको छ । 

समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम महामन्त्री डा धवल शमशेर राणाले शाहीलाई राप्रपामा समाहित गर्ने प्रस्ताव फागुन ३ गतेको पदाधिकारी बैठकमा पेश गरेका थिए । सो प्रस्ताव बैठकले अनुमोदन गरेसँगै राप्रपाले उनलाई पार्टीमा स्वागत गर्न कार्यक्रम राखेको हो।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप