
कमल थापाले भोलि पार्टी घोषणा गर्ने

कमल थापाले शनिबार आफ्नो अध्यक्षमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दै छन् । ७ फागुन प्रजातन्त्र दिवसको दिन शनिबार राप्रपा नेपालको घोषणा गर्न लागेको शुक्रबार जानकारी दिँदै उनले आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन आह्वान गरेका हुन् ।
अध्यक्षमा राजेन्द्र लिङ्देनसँँग पराजित भएपछि राप्रपा परित्याग गरेका थापाले आफू पाँंच वर्षको अलमलपछि आफ्नो घर (राप्रपा नेपाल) फर्किएको बताए । राप्रपा नेपाललाई पुनर्जागृत गरेको बताउँदै कार्यकर्ता र नेताहरूलाई आह्वान गर्दै थापाले भने, ‘विगतका गल्ती कमजोरीहरू सच्याउँदै नयाँ ऊर्जा र गतिका साथ अघि बढ्ने संकल्प गरेका छौँ। यो नयाँ यात्रामा सबैको सहयोग र सद्भावको निम्ति अपिल गर्दछु। विगतमा सँगै काम गरेका साथीहरूलाई यो यात्रामा साथ दिन र सहभागी हुन आह्वान गर्दछु ।’
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ