आज सर्वोच्चको फुलकोर्ट, न्यायालय सुधारका सन्दर्भमा छलफल हुने
आज (शुक्रबार) सर्वोच्च अदालतको पूर्ण बैठक बोलाइएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले शुक्रबार अपरान्ह २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका हुन् । यसअघि सोमबार सर्वोच्चका सबै न्यायाधीशबीच अनौपचारिक छलफल भएको थियो । छलफलपछि शुक्रबारका दिन सर्वोच्चको पूर्ण वैठक राख्ने निर्णण्य भएका थियो ।
सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार शुक्रबारको बैठकको मुख्य एजेण्डा नै न्यायालय सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यन्वयन गर्ने सम्बन्धमा रहेका छ । ढकालले भने, ‘अहिलेको विषम परिस्थिति आएपछि न्यायापालिका सञ्चालन तथा न्यायालय शुद्धिकरणका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदनको कार्यन्वयनका सन्दर्भमा छलफल नै हो । त्यसबाहेक अन्य कुनै एजेण्डा छैन ।’
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लागेपछि सर्वोच्चमा वरिष्ठतम् न्यायाधीशका हैसियतले दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका छन् । उनले शुक्रबार सर्वोच्चको पूर्ण बैठक राखी आफ्नो सक्रियता देखाउन सुरुवात गर्न लागेका छन् ।
सर्वोच्चको पूर्ण बैठकलगत्तै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय सेवा आयोग र न्याय परिषद्को बैठक राख्न परामर्श समेत गर्ने बताइएको छ । न्याय सेवा आयोगको बैठक बस्न नसक्दा जिल्ला न्यायाधीशको नतिजा प्रकाशन तथा आन्तरिक बढुवाका आधारमा नियुक्त गर्ने २३ सीटमा न्यायाधीश पठाउन सकिएको छैन ।
त्यसैगरी परिषद्को बैठक बस्न नसक्दा विभिन्न उच्च अदालतहरुमा खाली न्यायाधीशको सिटमा सिफारिस तथा विशेष अदालतमा न्यायाधीश पठाउनसमेत सकिएको छैन । यसै विषयमा कामु प्रधानन्यायाधीशले परामर्श सुरु गर्नेसमेत जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हरेक निर्वाचन क्षेत्रका चार वटा योजनामा बजेट विनियोजन गर्नुपर्ने नीति बनाउनुपर्छ’
-
पानीपुरीमा भेटियो क्यान्सर गराउने तत्त्व
-
मध्यरात कांग्रेस–एमालेबिच भएको सम्झौता पश्चगामी : देव गुरुङ
-
ओस्कार विजेता लेखक रोबर्ट टाउनको निधन
-
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रिय सभामा टेबुल
-
स्काईवाक टावरमा भिभो वाई २८ सार्वजनिक