सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भारतमा  ३८ जनालाई फाँसीको सजाय, ११ जनालाई आजीवन जन्मकैद

शुक्रबार, ०६ फागुन २०७८, १२ : ४९
शुक्रबार, ०६ फागुन २०७८

भारतको विशेष अदालतले एक श्रृखंलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ ।

१४ वर्ष अघि अहमदाबादमा भएको श्रृंखलावद्ध बम विस्फोटका दोषी ४९ जनामध्ये ३८ जनालाई अदालतले शुक्रबार फाँसीको सजाय सुनाएको हो । अदालतले अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ ।

सन् २००८ मा अहमदाबादमा श्रृखंलाबद्ध विस्फोट भएको थियो । जसमा ५६ जनाको मृत्यु भएको थियो भने करिब २ सय जना घाइते भएका थिए । 

अहमदावाद श्रृखंलाबद्ध विस्फोट 
सन् २००८ को जुलाई २६ मा गुजरातको अहमदावाद शहरमा ७० मिनेटको अन्तरमा एकपछि अर्को गर्दै २१ पटक बम विस्फोट भएको थियो । उक्त सिलसिलाबद्ध बम विस्फोटको जिम्मा इन्डियन मुजाहिद्दीन र हरकत–उल–जिहाद–अल–इस्लामी नामका चरमपन्थी संगठनले लिएको थियो ।

उक्त विस्फोटपछि गुजरातको एटीएस अर्थात आतंककारी निरोधी टीमले शंकास्पद मुफ्ती अबु बशीरसँगै ९ जनालाई पक्राउ गरेको थियो । सन् २०१६ मा लगभग आठ वर्षपछि विस्फोटमा संलग्न अर्को अभियुक्त नासिर रंगरेज पनि पक्राउ परे । विस्फोट लगत्तै गुजरातको सुरेन्द्रनगर जिल्लाबाट तीन जनालाई पक्राउ गरिएको थियो । जसमा हुसैन इब्राहिम, हासिल मोहम्मद र अब्दुल कादिर थिए । उक्त विस्फोटमा अन्य ५० जना पक्राउ परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप