कार्यव्यवस्था परामर्श समितिको बैठक जारी
शुक्रबार, ०६ फागुन २०७८, १२ : ११
संसद भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । केहीबेर अघि बैठक सुरु भएको हो । सभामुख अग्नि सापकोटाले समितिको बैठक बोलाएका थिए । बैठकमा नेकपा एमाले भने सहभागी छैन । गठबन्धन दलमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे रहेको विवादका बीच आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भए पनि एमसिसी कार्यसूचीमा छैन ।
संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एउटा मात्रै एजेण्डा छ । आज बसेको सत्ता गठबन्धनको बैठकले पनि एमसीसी टेबल नगर्ने निर्णय गरेको छ । संसद बैठक भने दिउँसो १ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा