शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बिल गेट्स पाकिस्तानमा

शुक्रबार, ०६ फागुन २०७८, १२ : ०२
शुक्रबार, ०६ फागुन २०७८

बिल एण्ड मेलिन्दा फाउन्डेसनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् । उनी बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् । उनले यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वहरुसँग कुराकानी गर्ने बताइएको छ ।

उनले बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि भेटवार्ता गरेका छन् । त्यस क्रममा उनले पोलियो उन्मुलनका विषयमा कुराकानी गर्ने बताइएको छ । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उनीहरुका बीचमा भएको भेटका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले पाकिस्तानमा पोलियो उन्मूलनका लागि बिल एण्ड मेलिण्डा फाउण्डेसनले गर्दै आएको निरन्तर सहयोगको प्रशंसा गरेका छन् ।

सो फाउण्डेसनले विगत लामो समयदेखि नै पाकिस्तानमा पोलियो रोगको उन्मूलनका क्षेत्रमा काम गर्दै आएको छ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप