बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

माइतीघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ

शुक्रबार, ०६ फागुन २०७८, ११ : ४३
शुक्रबार, ०६ फागुन २०७८

सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वर चोकसम्म ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।  बिभिन्न पार्टीहरुले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध माइतीघरदेखि बानेश्वरसम्म विरोध कार्यक्रम राखेपछि सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको हो । 

शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी अनुमोदनको लागि टेबल गर्ने सम्भावना बढेकोले विरोधका कार्यक्रमहरु राखिएका हुन् ।  बुधबार पनि सो क्षेत्रमा एमसीसीको विरोध गर्ने बिभिन्न पार्टीका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको थियो । 

एमसीसी अनुमोदन गर्ने कुरामा सत्तारुढ दलबीच मतभेद रहेको छ । सत्तारुढ पाँच दलमध्ये नेपाली कांग्रेस अहिलेकै अवस्थामा अनुमोदन गर्ने पक्षमा छ भने नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा संशोधन गरेर मात्र एमसीसी अनुमोदन गर्नुपर्ने अडानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप