शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

खल्तीबाट ‘मेरो शेयर’ नवीकरण निःशुल्क

शुक्रबार, ०६ फागुन २०७८, ११ : २१
शुक्रबार, ०६ फागुन २०७८

नेपालमा आईपीओमा लगानी गर्नेहरु प्रतिदिन बढ्दै छन् । यसैलाई बुझ्दै खल्ती डिजिटल वालेटले निःशुल्क ‘मेरो शेयर’ खाता नवीकरण अफर ल्याएको छ । यो अफर अन्तर्गत मेरो शेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र होइन, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नवीकरण गर्न सक्छन् ।

प्रयोगकर्ताले शेयर खाता नवीकरणको लागि रु. ५० शुल्क बुझाउनुपर्छ । यस अफर अन्तर्गत खल्तीमार्फत भुक्तानी गर्दा भने १०० प्रतिशत क्यास ब्याक प्राप्त गर्न सक्छन् । यसमा अधिकतम क्यास ब्याक १ वर्षको नवीकरण रहेको छ । प्रयोगकर्ताहरूले आगामी पाँच वर्षसम्मको लागि आफ्नो खाता नवीकरण गर्न सक्छन् । प्रत्येक खल्ती आईडीले यो अफर एकपटक मात्र लिन सकिन्छ । अफर यो वर्षका चैत २ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । 

यस सेवाको बारेमा जानकारी दिंदै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘यसले धेरै सम्भावित लगानीकर्तालाई शेयर बजारमा प्रवेश गर्न प्रोत्साहन गर्ने विश्वास लिएको बताए ।  
खल्तीले मोबाइल, टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम र अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६० हजार बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप