आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बानेश्वरमा वाईसीएल र क्रान्तिकारीको प्रदर्शन पार्टीकै सल्लाहमा

शुक्रबार, ०६ फागुन २०७८, १० : ५८
शुक्रबार, ०६ फागुन २०७८

नेकपा माओवादीको दुई भ्रातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) र योङ कम्युनिस्ट लिग (वाईसीएल) ले शुक्रबार पनि राजधानीमा प्रदर्शन गर्ने भएका छन् ।  सत्ता गठबन्धनमा सहमति बिनै सरकारले एमसीसी टेबल गर्ने तयारी गरेपछि त्यसको विरोधमा क्रान्तिकारी र वाईसीएलले प्रदर्शन गर्न लागेको हो। मध्यान्ह १२ बजे बानेश्वरमा प्रदर्शन गर्ने तय भएको अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् । 

नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी टेबल गर्न सहयोग नगर्ने बताइसकेको छ भने माओवादीको असहयोग पछि पनि प्रधानमन्त्री  शेरबहादुर देउवा एमसीसी टेबल गरिछाड्ने अडानमा रहेका छन् । 

बुधबारको सत्ता गठबन्धनको बैठकमा माओवादीले एमसीसीको पक्षमा नरहेको बरु सरकार छाड्न तयार रहेको बताएको थियो । यही क्रममा वाईसीएल र क्रान्तिकारीले पार्टीकै सल्लाहमा प्रदर्शन गरेको बताइएको छ । सिंहले पनि आफूहरुले पार्टीसँगको सल्लाह र सहमतिमै विरोध प्रदर्शन गरेको बताइन् । माओवादीको भ्रातृ संगठनले बुधबार पनि बानेश्वरमा प्रदर्शन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप