सीता परियार : दलित समुदायबाट पहिलो महिला सीडीओ
शुक्रबार, ०६ फागुन २०७८, १० : ५७
सीता परियार दलित समुदायबाट पहिलो महिला सीडीओ भएकी छिन् । गृह मन्त्रालयले बिहीबार साँझ उनलाई हुम्लाको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरेको छ । यसअघि उनी जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिइन् ।
परियार पहिलो महिला प्रजिअ भएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले रातोपाटीलाई बताए । उनले भने–‘अहिलेसम्म दलित समुदायबाट महिला प्रजिअ भएका थिएनन् ।’ सीता उप–सचिव हुन् । यसअघि दलित समुदायबाट डा.मानबहादुर विश्वकर्मा सचिव बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान