फिल्म ‘हनिमुन’ सार्वजनिक, यस्तो छ सन्देश
रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको सर्ट फिल्म ‘हनिमुन’ सार्वजनिक गरिएको छ । फिल्ममा विवाहपछि श्रीमान् र श्रीमतीको हनिमुनको दिन एउटा सानो कारणले पनि ठुलो झगडाको रुप लिनसक्छ भन्ने सन्देश दिन खोजेको छ ।
एउटा केटाकेटीले विवाहका लागि राजी हुनुअगाडि त्यसको विगतलाई पनि स्वीकार्नुपर्छ, हैनभने त्यसले विवाहित जीवनमा ठुलो असर पार्नसक्ने सन्देश दिन खोजेको छ । फिल्म एकदमै राम्रो बनेको छ । करिब १७ मिनेटको फिल्म एउटा पूर्ण फिल्म हेरे झै अनुभूति हुन्छ ।
फिल्ममा विशाल कटवाल र प्रतिभा केसीको अभिनय देख्न सकिन्छ । निर्देशक ज्ञवालीले आफ्नो जन्मदिनको अवसर पारेर फिल्म ‘हनिमुन’ सार्वजनिक गरेका हुन् । उनले यसअघि ’डार्क मुन’, ‘एक लभर’, ‘लक डाउन’ लगायत एक दर्जन सर्ट फिल्म निर्माण गरिसकेका छन् ।
‘हनिमुन’ विजय अर्यालको आवाज, विशाल निरौलाको म्युजिक, योगेश गाजीको व्याकग्राउण्ड म्युजिक तथा मिक्सिङ, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ । फिल्म संकल्प भुजेलले खिचेका हुन् । राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक फिल्म काठमाडौंका नक्सालमा रहेको लिसरा रिसेप्सनमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो । जसलाई हेर्दै सबैले राम्रो प्रतिक्रिया दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या