शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनका शीर्ष नेता बालुवाटारमा

शुक्रबार, ०६ फागुन २०७८, १० : ४२
शुक्रबार, ०६ फागुन २०७८

एमसीसीका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरु बालुवाटार पुगेका छन् । आज बस्ने प्रतिनिधि सभा बैठक अघि नेताहरु एमसीसीमा सहमति खोज्न अन्तिम कसरतमा लागेका हुन् । 

हिजो बेलुका बसेको गठबन्धनको बैठकमा एमसीसीको निकासबारे कुनै सहमति नजुटेपछि पुन: शीर्ष नेताहरु अहिले छलफलमा जुटेका हुन् । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत छन् ।  छलफल केही बेरअघिबाट सुरु भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। 

प्रधानमन्त्री शेरबहादुर देउवा आजको प्रतिनिधि सभामा एमसीसी टेबल गरेरै छाड्ने पक्षमा छन् भने नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सम्झौता संशोधन विना अघि बढाउन नहुने पूर्ववत् अडानमा छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप