प्रदेश युवा परिषद् उपाध्यक्ष चौलागाईं पदमुक्त
बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंलाई पदमुक्त गरीएको छ । बागमती प्रदेश सरकारले बिहिबार उपाध्यक्ष चौलागाईंलाई पदमुक्त गरेको हो । बिहिबार प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले चौलागाईंलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
चौलागाईंले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदिएको, पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको, परिषद्को स्वीकृति वेगर लोगो तथा स्लोगन सार्वजनीक गरेको, ऐन कानुनको बर्खिलाप गर्दै स्वेच्छाचारी गतिविधिहरु गर्दै गएको भन्दै पदमुक्त गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण शर्मा‘ खनालले जानकारी दिए ।
यसअघि प्रदेश युवा परिषद् उपाध्यक्ष चौलागाई र प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल बीच आन्तरिक द्वन्द्वसमेत चलेको थियो ।
तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकले चौलागाईंलाई २०७८ जेठ २७ गते प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्ष नियुक्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या