करण बने ‘बिग बोस’को सर्वाधिक महँगा प्रतियोगी
भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’को १५औं संस्करणका प्रतियोगी करण कुन्द्राले ‘बिग बोस’मा सर्वाधिक पारिश्रमिक लिने प्रतियोगिका रुपमा नाम दर्ता गराएका छन् । उनले यो शोमा सहभागिता जनाएबापत ४।५ करोड रुपैयाँ पारिश्रमिक बुझेका छन् । करणको भारतमा राम्रो फ्यान फलोइङ छ । उनको लोकप्रियतालाई मध्येनजर गर्दै शोका निर्माताले पारिश्रमिक बापत ४।५ करोडको चेक दिएका छन् ।
करणको ‘बिग बोस १५’ को यात्रा निकै स्मरणीय रह्यो । यद्यपि, उनले ट्रफी भने उचाल्न पाएनन् । उनी शोमा सेकेण्ड रनरअप बनेका थिए । शोमा तेजस्वी प्रकाशले शीर्ष उपाधि पोल्टामा पारेकी थिइन् । यही शोको समयमा करण र तेजस्वीको प्रेम चर्चा चलेका थियो । दुवैबीच कैयौं पटक टकराव देखिए पनि पुनः उनीहरु मिल्ने गरेका थिए ।
‘बिग बोस’को घरबाट बाहिर आउनासाथ करणले सबैभन्दा पहिला तेजस्वीको विजयोत्सव मनाएका थिए । उनले तेजस्वीको कोठा सजाएर तेजस्वीलाई ‘सरप्राइज’ दिएका थिए । अहिले उनीहरु प्रायः सँगै देखिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परिवार नियोजनको अस्थायी साधन : यसका फाइदा र असर (भिडियो)
-
अर्थतन्त्रको अवस्थाबारे दुई शीर्ष नेतृत्वको अतिरञ्जित अभिव्यक्ति
-
ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्याएका हौँ : प्रधानमन्त्री ओली
-
विकासका नाममा नागरिक विस्थापित हुनुहुँदैन : नेता भण्डारी
-
समाजवादी पार्टीको महाधिवेशन आइतबारदेखि
-
धमलाले सकाए चलचित्र 'आउट ल दफा: २१९' को डबिङ