मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कीर्तिपुरमा बुवाको हत्या आरोपमा दुई जना पक्राउ

शुक्रबार, ०६ फागुन २०७८, ०९ : ०७
शुक्रबार, ०६ फागुन २०७८

बुवाको हत्या गरेको आरोपमा प्रहरीले दुइभाई छोरालाई पक्राउ गरेको छ । बिहिबार साँझ ६५ वर्षीय न्हुच्छे नारायण महर्जनलाई छोराहरुले प्रेशर कुकर र लोहोरोले हिर्काएर हत्या गरेका थिए । 

पक्राउ पर्नेमा मृतकका छोराहरु ४५ वर्षका शंकर महर्जन र ४० वर्षीय कृष्ण कृष्ण महर्जन छन् । कुटपिटबाट गम्भिर घाइते भएका न्हुच्छे नारायणको उपचारको क्रममा गएराती वीर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । 

कीर्तिपुर नगरपालिका स्थित पाण्डेछापमा मादक पदार्थ सेवन गरेर छोराहरुले बुवालाई मरणासन्न हुनेगरी कुटेका थिए । टाउकोमा लोहोराले हिर्काउँदा गम्भिर घाइते भएका न्हुच्छे नारायणलाई प्रहरीले अस्पताल पठाएको थियो । घटनाबारे महानगरीय प्रहरी वृत कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप