फूड डेलिभरी राइडर बन्दै कपिल शर्मा
शुक्रबार, ०६ फागुन २०७८, ०८ : ४३
भारतीय लोकप्रिय कमेडियन कपिल शर्मा नयाँ फिल्ममा देखिँदैछन् । कमेडी शो ‘द कपिल शर्मा शो’का सञ्चालक कपिलले फिल्म ‘किस किसको प्यार करुँ’ र ‘फिरंगी’ मा अभिनय गरिसकेका छन् ।
नन्दिता दासले निर्देशन गर्न लागेको फिल्ममा फूड डेलिभरी राइडरको भूमिकामा देखिँदैछन् । फिल्म अप्लोज इन्टरटेनमेन्टले निर्माण गर्दैछ । फिल्मको नाम हालसम्म फाइनल भइसकेको छैन । फिल्ममा अभिनेत्री शहाना गोस्वामीले उनको पत्नीको भूमिका निभाउँदैछिन् ।
त्यसो त कपिलले यसअघि अभिनय गरेका दुई फिल्मबाट सुखद प्रतिक्रिया पाउन सकेका थिएनन् । आफ्नो शोमा कपिलले फिल्मले सुखद प्रतिक्रिया नपाएको कुरा धेरैपटक स्वीकारी सकेका छन् । ‘फिरंगी’को निर्मातासमेत रहेका कपिलले आफ्नो लगानीसमेत उठाउन सकेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दश महिनामा नवलपरासीबाट करिब एक्काइस अर्ब राजस्व सङ्कलन
-
बनेपाका एक हजार घरमा ‘कौसीखेती’
-
राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् सम्भावित ८ कार्यसूची
-
बजेट निर्माणको बेला कर्णालीको एउटा मन्त्रालय मन्त्री विहीन, एक सचिव विहीन
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
लुम्बिनीमा पहिलो आवधिक योजनाको लक्ष्य प्राप्त भएन