आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौंको ढुंगेअड्डामा २ वटा कुकर बम फेला

शुक्रबार, ०६ फागुन २०७८, ०७ : ४९
शुक्रबार, ०६ फागुन २०७८

काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा कुकर बम भेटिएको छ । सडक पेटीमा दुईवटा कुकर बम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ । 

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा टेबल गर्न नहुने माग राख्दै नेकपा ‘विप्लव’ समूह सहितका ५ साना दलले बुधबार नेपाल बन्दको आयोजना गरेका थिए। साथै, एमसीसीको विरोधमा काठमाडौंमा केही दिनदेखि विरोधका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । बम राख्नेहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप