बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओली र देउवा मिलेर एमसीसी पास गर्न खोजे देशमा आगो बल्छ : झलनाथ खनाल (अन्तरवार्ता)

बिहीबार, ०५ फागुन २०७८, २३ : २०
बिहीबार, ०५ फागुन २०७८

एमसीसीमा सहमति जुटाउन बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरुबीच चर्काचर्की भएको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसीसी जसरी पनि टेबल गरेरै छोड्ने पक्षमा उभिए भने अन्य दल माओवादी केन्द्र र एकीकृत समाजवादी कुनै हालतमा एमसीसी टेबल गर्न नहुने अडानमा रहे ।

दुवै पक्षले आआफ्ना अडान नछोडेपछि बैठकमा चर्काचर्की हुन पुग्यो । माहोल तनावग्रस्त भएपछि शुक्रबार बिहान पुन शीर्ष नेता छलफलमा बस्नेगरी उठे पनि एमसीसीमा सहमति जुट्ने सम्भावना अन्त्य भएको छ । गठबन्धनको बैठक लगत्तै प्रधानमन्त्री देउवा एमाले अध्यक्ष केपी ओली भेट्न ओली निवास बालकोट पुगे । गठबन्धनको बैठकमा के–के भयो ? के भोलिको छलफलमा सहमति जुट्ने सम्भावना छ ? रातोपाटीले बिहीबारको बैठकपछि गठबन्धन कायमै रहन्छ या टुट्छ ? सरकारबाट तपाईहरु बाहिरिनुहुन्छ या बसिरहनुहुन्छ भनेर बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई सोधेको छ । प्रस्तुत छ नेता खनालसँगको छोटो कुराकानी :

पाँच दलीय गठबन्धनले एमसीसीबारे छलफल गर्न निर्णायक भनेर आज साँझ बोलाएको बैठक बिनानिष्कर्ष सकिएछ, किन सहमति जुट्न सकेन ?
-आजको बैठकमा एमसीसीमा मलाई ठुलो प्रेसर भो मैले थाम्न सक्ने अवस्था छैन, तुरुन्तै टेबल गर्ने अवस्था आयो त्यसकारण म अब भोलि नै टेबल गर्छु भन्नुभयो ।

मलाई त्यस्तो लाग्दैन । मेरो पार्टी र मेरो पार्टीका नेता र सांसदले त्यो निर्णय गर्छन् भन्ने मेरो कल्पना भन्दा बाहिरको कुरा हो । म एक्लै भएपनि सतिसाल भएर उभिन्छु । मैले पछिल्लो पटक एमसीसीका ११ वटा दस्तावेज हेरेँ । यो दस्तावेजले नेपाल र नेपाली जनतालाई अग्रगमनतिर लाने होइन, ट्रान्समिसन लाइन र सडक मर्मतका नाममा बल्छीका रुपमा आएको हो । नेपाललाई त्यो बल्छीमा पार्ने एमसीसीको रणनीति देखिन्छ ।

प्रधानमन्त्रीको उक्त भनाइमा गठबन्धनमा रहेका तपाईंहरुले के भन्नुभयो त ?

हामीले एमसीसी कसरी टेबल गर्नुहुन्छ ? टेबल गर्ने आधार के हो ? कुन आधारमा टेबल गर्नुहुन्छ ? संविधानको धारा २७९ अनुसार संघीय ऐन नबनाई यस्ता सम्झौता संसदमा अनुमोदनका लागि लान पाइँदैन । यो कुरा हाम्रो संविधानले किटेर भनेको छ । अनि संविधानले भनेको कुरामा अहिलेसम्म ऐन नै नबनाइ बस्ने र संविधान मिचमाच बनाएर तपाई अघि बढ्ने ? भनेर हामी सबैले प्रश्न गर्यौ ।

के तपाई केपी ओलीको जस्तै गर्ने ? केपी ओलीले संविधानलाई ठाडै कुल्चेर हिँडेर संसदबाट यो एमसीसी अनुमोदन गर्नुपर्छ भन्ने ओलीको असंवैधानिक कदम हो । अब तपाई पनि त्यही असंवैधानिक कदमलाई दोहोर्याउने ? हामीले यो प्रश्न राख्यौ । दोस्रो, संसद त चलेकै छैन । संसद प्रतिपक्षले अवरोध गरिरहेको छ । अवरोध भइरहेको बेला कसरी टेबल गर्नुहुन्छ ? यो दुईवटा अवरोध हटाउनुपर्छ भन्दा उहाँको जबर्जस्ती रह्यो ।

तपाईंहरुको यो प्रश्नमा देउवाको भनाइ के रह्यो ?

होइन । म त जसरी भएपनि टेबल गर्छु भन्ने उहाँको भनाइ आयो ।

भनेपछि एमसीसी टेबल गर्ने कि नगर्ने भन्नेमा गठबन्धनको बैठकमा ठूलै चर्काचर्की भयो होइन ?

सवाल जवाफ राम्रै भयो । हामीले त्यसरी जबर्जस्ती नगर्नुस् । ऐन कानुन र संविधानलाई ध्यानमा राख्नुस्, पहिला संसद खुलाउनुस् । संसद खुलाएपछि मात्रै के गर्ने भनेर निर्णय गर्न सकिन्छ भनेर भनेका छौ ।

पाँच दलमध्ये आज चार दलका नेता छलफलमा बस्नुभयो । माओवादी र एकीकृत समाजवादी एकातिर काँग्रेस र जनता समाजवादी एकातिर अर्थात एमसीसी टेबल नगर्ने र गर्नेमा विभाजित भएको हो ?

होइन, जसपाको पनि सम्झौता अध्ययन नगरी, आपत्तिजनक कुरा नसच्याईं अघि नबढाउने कुरा हो । एकजना बाबुराम भट्टराईको चाहिं अनुमोदन गर्नुपर्छ भन्न धारणा आयो । तर सिंगो जसपाको पनि रिजर्भेसन छ । बाँकी हामी दुई पार्टी माओवादी र नेकपा समाजवादीको बीचमा सुरुदेखि नै संशोधनबिना पास गर्नुहुँदैन भन्ने थियो, आज पनि त्यही भन्यौ र अडान यथावत रहेको छ ।

हामी एमसीसीमा भएका गम्भीर र आपत्तिजनक कुराहरु नसच्याईं कुनै हालतमा अनुमोदन गर्नु हुँदै हुँदैन भनिरहेका छौ त्यो अडानमा दृढ छौ ।

शुक्रबार बस्ने भनेर आजको बैठक सकिएछ । आजको सिनारियो हेर्दा भोलिको बैठकमा कुनै सहमति जुट्ने सम्भावना छ कि छैन ?
म त्यस्तो सम्भावना देख्दिन । आ–आफ्नो कुरा लिएर जाने कुरामा सहमति हुन सक्छ । तर एउटै सहमतिमा पुग्ने सम्भावना अब छैन ।

गठबन्धनका नेताहरूसँगको वार्ता सकारात्मक नभएपछि प्रधानमन्त्री देउवा केपी ओली बालकोट जानुभयो । अब गठबन्धन टुटेर एमाले अथवा ओलीसँग सहकार्य हुन लागेको हो काँग्रेसको ?
प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग कुनै प्रकारको गठबन्धन वा साँठगाँठ गर्नुभएको छ भने हामीलाई त्यो कुरा थाहा छैन । हामीलाई त्यो कुरासँग त्यति सरोकार पनि छैन । मतलब पनि छैन । यदि त्यो होइन र संसद खुलाउन सहयोग गर्नुस् भन्न मात्रै जानुभएको हो भने ठिकै छ । संसद खुलाउन प्रतिपक्षसँग वार्ता गर्नुलाई नराम्रो भन्न मिल्दैन ।

प्रधानमन्त्री देउवा र तपाईहरुबीच सहमति नजुट्ने लगभग निश्चित भयो । यस्तो अवस्थामा गठबन्धन र सरकार जोगाउन लाग्नुहुन्छ कि राष्ट्र र नेपाली जनताको पक्षमा ?

हामी एमसीसीमा भएका गम्भीर र आपत्तिजनक कुराहरु नसच्याईं कुनै हालतमा अनुमोदन गर्नु हुँदैहुँदैन भनिरहेका छौ त्यो अडानमा दृढ छौ ।

अझ जो बाइडेनले यो सम्झौता संशोधन हुँदैन र सच्चिँदैन भनेकाले यही नै हो अमेरिकाको अडान हो भनिसकेकाले अब हामी नो एमसीसी भन्ने अवस्थामा पुगेका छौ । त्यो हुनाले हामी गम्भीर र आपत्तिजनक कुराहरुमा नजरअन्दाज गरेर जान सक्दैनौ ।

प्रस्ट भन्नुस् न यो अवस्थामा गठबन्धन र सरकार छोडेर नेपाली जनता र राष्ट्रको पक्षमा उभिने कि ल्याङल्याङ गरिरहने ?
हामी कुनैपनि सन्धी सम्झौता, कुनै सरकार विशेष, कुनै परिपार्टी विशेष भन्दा धेरै माथि राष्ट्र र जनता हो । जनताका भावना हुन् । देश, जनता र राष्ट्रका विपरितमा कोही आउँछ भने हामी ती सबै त्याग्न तयार छौ ।

भनेपछि सरकार टुटोस्, गठबन्धन भत्कियोस्, यहि अवस्थामा एमसीसीको पक्षमा लाग्दैनौ भन्ने हो ?

हो । हाम्रो प्राथमिकता भनेकै देश, जनता मात्र हो ।

तपाईले यसो भन्दै गर्दा तपाईको पार्टी नेकपा एकीकृत समाजवादीले झलनाथ खनाल बाहेकका नेताहरु एमसीसीको पक्षमा मतदान गर्न तयार भनेर प्रचार भएको छ, के यो सत्य हो ?

मलाई त्यस्तो लाग्दैन । मेरो पार्टी र मेरो पार्टीका नेता र सांसदले त्यो निर्णय गर्छन् भन्ने मेरो कल्पना भन्दा बाहिरको कुरा हो । म एक्लै भएपनि सतिसाल भएर उभिन्छु । मैले पछिल्लो पटक एमसीसीका ११ वटा दस्तावेज हेरेँ । यो दस्तावेजले नेपाल र नेपाली जनतालाई अग्रगमनतिर लाने होइन, ट्रान्समिसन लाइन र सडक मर्मतका नाममा बल्छीका रुपमा आएको हो । नेपाललाई त्यो बल्छीमा पार्ने एमसीसीको रणनीति देखिन्छ । त्यसो भएकाले देशभक्त वामपन्थी शक्ति पनि एमसीसीको पक्षमा जान सक्दैनन् ।

हामी कुनैपनि सन्धी सम्झौता, कुनै सरकार विशेष, कुनै परिपार्टी विशेष भन्दा धेरै माथि राष्ट्र र जनता हो । जनताका भावना हुन् । देश, जनता र राष्ट्रका विपरितमा कोही आउँछ भने हामी ती सबै त्याग्न तयार छौ ।

अब थोरै पनि सहमतिको सम्भावना छ कि अन्तिम नै हो भनेर बुझम् त ?

अब म २ करोड ९२ लाख नेपाली जनतालाई अत्यन्त सजग, सचेत हुन विशेष अपिल गर्छु । किनभने गम्भीर राष्ट्रघात गर्ने कामहरुका विरुद्ध उठ्न र भण्डाफोर गर्न आग्रह पनि गर्छु । मैले यसो किन भनेको भन्ने कुरा यसैबाट बुझ्नुस् ।

अब काँग्रेस र एमाले मिलेर एमसीसी पास गर्ने विकल्पको खोजी सुरु भइसकेको देखिन्छ । त्यस्तो अवस्थामा तपाईंहरुले ओली हटाएर देउवा ल्याएकोमा कुनै भिन्नता त नहुने भयो नि ?

यति आपत्तिजनक विषयलाई अहिले कोही अमुक दल मिलेर पारित गर्नेतर्फ गइयो भने सिंगो नेपालमा दनदनी आगो बल्छ । आन्दोलन हुन्छ । त्यसपछि के–के हुन्छ अहिले कल्पना गर्नै सकिँदैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप