सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा–ओलीबीचको वार्ता सम्पन्न, प्रतिक्रिया नदिइकन बाहिरिए देउवा

बिहीबार, ०५ फागुन २०७८, २२ : २१
बिहीबार, ०५ फागुन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिएको छ।  राती सवा १० बजे देउवा बालकोटबाट बालुवाटार फर्किएका हु्न। बालकोटबाट बाहिरिने क्रममा देउवाले कुनै प्रतिक्रिया दिन मानेनन् ।

सत्ता गठबन्धनको बालुवाटारमा बिहीबार साँझ बसेको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि देउवा ओली भेट्न बालकोट पुगेका हुन् । देउवाले बालकोटमा ओलीसँग दुई चरण वार्ता गरे । पहिलो चरणको वार्ता गरेर फर्किएका देउवा फेरि बालकोट नै फर्किएका थिए ।

देउवा ओली भेट्न राति ८ बजेर ५० मिनेटमा ओली निवास पुगेका थिए भने १०ः १५ मा फर्किँदा समग्र एमसीसी र अन्य रणनीतिका विषयमा छलफल भएको बुझिएको छ । देउवाले सत्तारुढ दलको असहमतिका बीच एमसीसी भोलिको बैठकमा टेबुल गर्ने बताएका छन् ।

यसैबीच ओलीले पनि कुनै प्रतिक्रिया दिएका छैनन् । ओलीको सचिवालयले देउवासँग भेटवार्ता भएको तर मिडियासँग बोल्ने कुनै विषय नभएको बालकोटमा भेला भएका सञ्चारकर्मीलाई प्रतिक्रिया दियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप