शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगले राप्रपा नेपालमा कमल थापा अध्यक्ष भएको निवेदन अध्यावधिक गर्‍यो

बिहीबार, ०५ फागुन २०७८, २२ : ०९
बिहीबार, ०५ फागुन २०७८

राप्रपा  नेपालमा अध्यक्ष कमल थापा बनेको जानकारी दिई अध्यावधिक गर्न निर्वाचन आयोगमा पार्टीले दिएको निवेदन सदर गर्दै आयोगले अद्यावधिक गरेको छ । आयोगले पार्टीलाई आज  प्रेषित गरेको पत्रमा राप्रपा नेपालका तत्कालीन अध्यक्ष लाक्पा तामाङको राजीनामा भई अध्यक्ष कमल थापा हुनुभएको पत्र प्राप्त भएको जनाएको छ ।

पत्रमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ र राजनीतिक दल नियमावली २०७४ को नियम २५ बमोजिम दलको केन्द्रीय समिति हेरफेर भएको अध्यावधिक गरि अभिलेख राख्ने र दललाई जानकारी दिने आयोगले निर्णय गरेको राप्रपा नेपालका नेता सुशील श्रेष्ठले जानकारी दिए । आयोगले पठाएको पत्र आजै पार्टीको केन्द्रीय सचिवालयमा प्राप्त भएको र अध्यक्ष कमल थापा समक्ष पेश गर्दै जानकारी गराएको समेत नेता श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप