आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

सीडी रेसियो कायमै, मार्जिन ल्याण्डिङमा थप कडाइ गरिने

बिहीबार, ०५ फागुन २०७८, २१ : ०२
बिहीबार, ०५ फागुन २०७८

राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गरेको छ । बिहीबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गर्दै अर्धवार्षिक समीक्षा गरेको बैंकले बैंक तथा वित्तीय क्षेत्रमा हाल काय ९० प्रतिशतकै कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) नै कायम राखिएको बताएको हो । तर यता मार्जिन ल्यान्डिङ (सेयर धितो कर्जा) तर्फ भने थप कडाइ गर्ने नीति लिएको बैंकले जनाएको छ । 

अनुत्पादक क्षेत्रमा कर्जा लगानी बढेको जनाउँदै राष्ट्र बैंकले घरजग्गा, गाडी, आयात जस्ता अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाइ गर्ने नीति लिएको बताएको छ । घरजग्गा, हायर पर्चेज कर्जा, सेयर धितोमा जाने कर्जा लगायत आयातमा जाने कर्जामा मौद्रिक नीतिले पुनरावलोकन गर्ने नीति लिएको राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले जानकारी दिए ।

यद्यपि, यस्तो कर्जामा के कति मापदण्ड तोकिने र नियन्त्रण गरिने भन्ने विषय चाहि आगामी सर्कुलरबाट एकिन गराइने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप