आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले भन्यो– ओमिक्रोन भेरियन्टपछि अर्थतन्त्रका सूचक सकरात्मक दिसामा

बिहीबार, ०५ फागुन २०७८, २० : ५५
बिहीबार, ०५ फागुन २०७८

नेपाल राष्ट्र बैंकले कोभिड महामारीको तेस्रो भेरियन्ट ओमिक्रोनपछि अर्थतन्त्रका सूचक सकरात्मक दिसामा अगाडि बढेको जनाएको छ । आज चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले अर्थतन्त्रका सबै सूचक सकरात्मक दिसामा अगाडि बढेको जनाएको हो ।

कोभिड विरुद्धको खोपको उपलब्धता बढ्दै जाँदा अर्थतन्त्र चलायमान बनिरहेको केन्द्रीय बैंकको भनाइ छ । ‘खोपको उपलब्धता बढ्दै जाँदा तथा वैदेशिक रोजगारीमा जानेको संख्या तथा विदेशी पर्यटक आगमनसमेत बढ्न सुरु भएको छ,’ केन्द्रीय बैंकले भनेको छ, ‘यस्तै, कोभिडको तेस्रो भेरियन्ट घातक नदेखिएकाले आर्थिक गतिविधि कम मात्रामा प्रभावित बनेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप