आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

चार्जिङ्ग स्टेसन निर्माणका लागि सरकारले पुनरकर्जा उपलब्ध गराउने

बिहीबार, ०५ फागुन २०७८, २० : ४३
बिहीबार, ०५ फागुन २०७८

विद्युतीय सवारी साधनको लागि आवश्यक चार्जिङ्ग स्टेसन स्थापनाको लागि पुनरकर्जाको व्यवस्था गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । बिहीबार चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गरेको बैंकले चार्जिङ स्टेसनलाई समेत पुनरकर्जा उपलब्ध हुने गरी पुनरकर्जा कार्यविधि संशोधन गरिएको बताएको हो । 

हाल सरकारी पहलबाट देशका विभिन्न ५० स्थानमा विद्युतीय सवारी चार्जिङ्ग स्टेसन स्थापनाको पहल भइरहेको छ भने निजी क्षेत्रबाट २०० हाराहारीमा स्टेसन स्थापनाका लागि पहल भइरहेको छ । थप विद्युतीय सवारी साधनको प्रयोग तथा प्रोत्साहन गर्ने उद्देश्यले सरकारले विद्युतीय सवारीमा भन्सार छुट तथा चार्जिङ्ग स्टेसन निर्माणमा सहुलियत दिन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप