एमसीसीबारे गठबन्धनमा भएन सहमति
बिहीबार, ०५ फागुन २०७८, १९ : ५६
सत्तारुढ गठबन्धनको बैठकले विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको बैठकले एमसीसीबारे निर्णय लिन सकेन । करिब दुई घण्टाभन्दा बढी चलेको बैठकमा कुनै एमसीसीबारे सहमति हुन नसकेको स्रोतले रातोपाटीलाई बतायो ।
काँग्रेस एमसीसी पास गर्ने पक्षमा छ भने सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संसदमा टेबल गर्न समेत सहमत हुन नसकेको अवस्था छ ।
बालुवाटार स्रोतले भने, ‘आजको बैठक सकियो। गठबन्धन बचाउनु पर्छ भन्नेमा सबैको जोड छ तर अडान यथावत छ।’ गठबन्धनका शिर्ष नेतृत्वको बैठक भोलि बिहान ९ बजे बालुवाटार बोलाइएको स्रोतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या