अनिवार्य पीसीआर रिपोर्ट तथा सीसीएमसी फारम हटाउन आओनको माग
हवाई यात्रामा अनिवार्य गरिएको पीसीआर रिपोर्ट तथा सीसीएमसी फारम हटाउन वायुसेवा सञ्चालक संघ (आओन)ले सरकारसँग माग गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै संघले यस्तो माग गरेको हो ।
कोभिडका कारण थलिएको पर्यटन क्षेत्रलाई माथि उठान आवश्यक रहेको अवस्थामा थप प्रोटोकलको नाममा हवाई क्षेत्रमा गरिएको अनिवार्य पीसीआर परिक्षणको रिपोर्ट तथा सीसीएमसी फारमले थप पर्यटक आजित भएको संघको भनाइ छ ।
‘महामारी रोकथामका लागि लगाइएका विभिन्न प्रतिवन्धका कारण विगत २ वर्षमा वाह्रय पर्यटकहरुको आगमनमा निकै र्‌हास आएको छ । जसका कारण यस क्षेत्रमा आश्रित कतिपय व्यवसाय सदाका लागि बन्द हुने र दक्ष जनशक्तिहरु पनि पलायन हुने अवस्था रहेको छ ।विगत केही समययता विश्वभरि नै कोरोना संक्रमण दर निकै घट्दो क्रममा रहेको छ ।
स्वास्थ्य विशेषज्ञ तथा अनुसन्धानकर्ताहरुले समेत अव आउँदा दिनहरुमा कोरोनाको प्रभाव स्वतः कम हुँदै जाने आंकलन समेत गरेकोले धेरै जसो मुलुकहरुले प्रतिवन्धलाई खुकुलो पारेको छ । अन्तर्राष्ट्रिय संस्था आईएटीएले पनि पीसीआर टेष्ट, आइसोलेशनमा लाग्ने ठूलो खर्चलाई विस्थापित गरि खोपमा लगाउन आग्रह गरेको छ ।
छिमेकी मुलुक भारत, भियतनाम तथा अन्य यूरोपियन मुलकहरुले समेत हवाईयात्राका लागि पीसीआर टेष्टको अनिवार्यता हटाईसकेको छ । यस्तो अवस्थामा नेपालमा पनि सोही अनुरुप पर्यटकका लागि सजिलो हुनेगरि पीसीआर तथा सीसीएमसी फाराम भर्ने प्रावधान तत्कालै हटाउन उचित हुने देखिन्छ । सोही अनुसार यस्तो वाध्यात्मक व्यवस्था हटाइ पर्यटन उद्योगलाई सहजीकरण गरिदिन समेत सरकारसँग माग गर्दर्छौ’ संघले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या