बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेलायत सरकारद्धारा नेपाललाई २१ लाख कोरोनाविरुद्धको खोप सहयोग

बिहीबार, ०५ फागुन २०७८, १८ : ५८
बिहीबार, ०५ फागुन २०७८

बेलायत सरकारले नेपाललाई थप कोरोनाविरुद्धको २१ लाख मात्रा जोन्सोन एण्ड जोन्सोन खोप उपलब्ध गराएको छ । विहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले २१ लाख मात्रा खोप हस्तान्तरण गरेका हुन् ।

मन्त्री खतिवडाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को लडाईमा बेलायत सरकारले खोपसहित स्वास्थ्य सामग्री सहयोग गरेको बताए । 

नेपालको पूर्वाधार विकास र स्वास्थ्य शिक्षा क्षेत्रको विकासको लागि  बेलायत सरकारको   भेटमा मन्त्री खतिवडाले बेलायत र नेपालको २ सय बर्ष भन्दा पुरानो अंन्र्तराष्ट्रीय मैत्रीपूर्ण सम्बन्धको स्मरण  गर्दै कोभिड महामारीको बेला बेलायत सरकारले गरेको प्रति धन्यवाद दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप