प्रधानमन्त्रीलाई उपभोक्ता मञ्चको पत्र : चिनीको आपूर्ति व्यवस्थापन र मूल्य नियमन गरी पाऊ
बजार महँगी र अभावको मुद्दालाई लिएर उपभोक्ता मञ्चले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेको छ ।
मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्रीलाई पत्र लेख्दै हाल बजारमा चिनीको अभावसँगै अचाक्ली मूल्यवृद्धि गरिएको भन्दै आपूर्ति व्यवस्थापन र मूल्य मियमन गरिदिन आग्रह गरेका हुन् ।
‘विगत ४ वर्षदेखि अन्तराष्ट्रिय बजारको तुलनामा चिनीको मूल्य अत्याधिक वृद्धि भइरहेको छ । नेपाली जनताको दैनिक अत्यावश्यक वस्तुको रुपमा रहेको र नेपाल सरकारले समेत अत्यावश्यक वस्तुको सूचिमा राखेको चिनीको मूल्य बढ्नुमा यहाँका उत्पादकहरुको मनपरी र तिनीहरुकै दवावमा अत्याधिक मात्रामा लगाइएको भन्सार महसुलको कारणले नेपाली बजारमा चिनीको मूल्य बढी रहेको कुरा यर्थात् छ । यस्तो वेथितिका विरुद्ध मन्चले धेरै पटक नेपाल सरकारलाई लिखित रुपमा निवेदन गर्दै आएको व्यहोरा सम्माननीय प्रधानमन्त्रीज्यूमा अवगत गराउन चाहन्छौं,’ मञ्चले भनेको छ ।
नेपालमा वार्षिक कूल २८० लाख मेट्रिक टन चिनीको आवश्यकता पर्दछ भने स्वदेशमा रहेका १३ वटा चिनी उद्योगहरुले करिव १८० लाख मेट्रिकटन मात्र उत्पादन गर्ने गर्दछ ।
समयमा किसानलाई उखुको भुक्तानी नदिने, समयमा मिल सन्चालन नगर्ने र मिल नै बन्द गर्ने जस्ता काम गर्दा उद्योगहरुबाट उत्पादन हुने चिनीको बजारमा जहिल्यै पनि अभाव हुने गरेको छ ।
यसरी उत्पादन र आवश्यकताको बीचमा तालमेल नहुँदा नेपालमा वर्षेनी करिव एक सय लाख मेट्रिक टन चिनी बिदेशबाट आयात गर्नु परिरहेको र महँगी समेत भोग्नु परेको मञ्चको भनाइ छ । हाल नेपालमा भारत र पाकिस्तानबाट चिनी आयात हुने गरेको छ ।
अन्तराष्ट्रिय बजारमा कम मूल्य, भारतीय बजारमा नै ३५ देखि ३८ रुपैयाँमा पाउने चिनी नेपालमा भने प्रतिकिला एक सय रुपैयाँ तिर्नुपरेको मञ्चको भनाइ छ । यस्तो मूल्यवुद्धि विगतमा १५ प्रतिशतले मात्र वृद्धि भइरहेकोमा पछिल्लो समय अधिकतम ४५ प्रतिशतसम्मले भएको मञ्चको भनाइ छ । यस्तो मूल्यवृद्धि रोक्न र बजार अनुगमन तथा नियमन गर्न मञ्चले सरकारको ध्यानाकर्षण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या