धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त
![धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त](https://rpcdn.ratopati.com/media/albums/ramesh_ORJZeHyatF.jpg)
धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई सेबोनको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । गत मंगलबार धितोपत्र बोर्डको अध्यक्ष छनोट तथा सिफारिस समितिले हमालसहित तीन जनाको अन्तिम नाम अर्थमन्त्रालय मार्फत मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । ति तीन जनाबाट हमालले बाजी मारेका हुन् । नवनियुक्त अध्यक्ष हमाल काँग्रेस कोटाबाट छानिएका हुन् ।
बैंककबाट इन्टरनेसनल विजनेश एण्ड फाइनान्समा स्नातकोत्तर गरेका हमालसँग करिब ३ दशक सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव छ । साथै हमालसँग विद्युत प्राधिकरण र संयुक्त राष्ट्र संघको वातावरणीय प्रोजेक्ट, ब्रिटिस इन्भेष्टमेन्ट कन्सलटेन्सी एण्ड रियल स्टेट डेभलपमेन्ट ग्रुप बैंकको चिफअपरेटिङ अफिसर भएर काम गरेको अनुभव समेत रहेको छ ।
यसअघिका बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको बुक विल्डिङ सेयर खरिद प्रकरणमा मुछिएपछि पदमुक्त भएपनि बोर्ड अध्यक्षविहिन हुन पुगेको थियो । सोही अध्यक्ष पदमा करिब साँढे पाँच महिनापछि हमाल नियुक्त भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प