झापामा शंकास्पद वस्तुहरु राख्ने कार्यमा संलग्न ९ जना पक्राउ

झापा जिल्लाका विभिन्न स्थानहरूमा शंकास्पद वस्तुहरु राख्ने कार्यमा संलग्न रहेको आरोपमा ९ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका–२ ठेगाना भएका ३८ वर्षीय सुमन कुमार कार्की, कन्काई नगरपालिका–३ का ४१ वर्षीय भीष्म थापा, दमक नगरपालिका–९ चिया दोकान चोकका ५० वर्षीया देवी बाँस्कोटा (गुरागाईँ), कन्काई नगरपालिका–३ का ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला रहेका छन् ।
शिवसताक्षी नगरपालिका–१ का ३२ वर्षीय सरूण लिम्बु भन्ने दिलकुमार सामेखाम, गौरीगन्ज गाउँपालिका–३ का ३२ वर्षीय आनन्द भन्ने अनन्त प्रसाद गिरी, गौरादह नगरपालिका–५ का ३३ वर्षीय प्रदिप थापा, गौरीगन्ज गाउँपालिका–३ का ४५ वर्षीय विजय कुमार दास हलुवाई र संखुवासभा खाँदबारी नगरपालिका–१० सित्तलपाटी घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका–६ बस्ने २९ वर्षीय मनमोहन दाहाललाई पनि पक्राउ गरिएको छ ।
एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय अनारमनी र ईलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको संयुक्त टोलीले उक्त गतिविधिमा संग्लन उनीहरुलाई विभिन्न कागजात तथा ६ थान मोबाइल सहित पक्राउ गरेको हो । उनीहरुविरुद्ध विष्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत झापाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि बढ्यो सुनको मूल्य, तोलामा कतिमा हुँदैछ कारोबार ?
-
प्रादेशिक अस्पतालबाट निजी अस्पतालमा पठाइएका बिरामीको मृत्यु, घटनाको छानबिन गर्न माग
-
हिजो विद्रोहको प्रतीक रहेको झापाबाट आज प्रतिक्रान्तिको खतरा देखियो : प्रचण्ड
-
सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ
-
चम्किला ज्याकेट लगाएका मान्छेको सडकमा आतंक
-
माछापुच्छ्रेमा क्रसरले तिरेनन् ४९ करोड, पालिकामा रेकर्ड न राजश्व