एमसीसीबारे निर्णय लिन बालुवाटारमा गठबन्धनको बैठक
बिहीबार, ०५ फागुन २०७८, १७ : ४१
![एमसीसीबारे निर्णय लिन बालुवाटारमा गठबन्धनको बैठक](https://rpcdn.ratopati.com/media/albums/gathbandhan_meeting_photo_E7WE3JfR5M.jpg)
सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक पाँच बजेपछि सुरु भएको हो । गठबन्धनको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय लिने छ ।
एमसीसी र गठबन्धनको भविष्यका विषयमा आजको बैठकलाई निर्णायक मानिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै एमसीसी पास गर्ने अडान लिएपछि गठबन्धन फुट्ने आङ्कलन गरिएको छ ।
प्रमुख सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी संसदमा टेबल गर्ने विषयको विपक्षीमा उभिएको अवस्था छ । एमसीसी अगाडि बढ्छ वा गठबन्धन फुट्छ भन्ने निर्धारण आजको बैठकले तय गर्ने काँग्रेस नेता बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'वामदेव गौतम एकीकृत समाजवादीमा प्रदेश गर्न सकारात्मक'
-
नागरिक लगानी कोष र आईएमईबिच सेयर प्रत्याभूति सम्झौता
-
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन, कार्यविभाजन २ दिनपछि
-
विद्या भण्डारीको प्रमुख आतिथ्यमा फेवा संवाद हुने
-
भक्तपुरमा मदिरा सेवन गरेर युवकमाथि कुटपिट, ६ जना पक्राउ
-
एकीकृत समाजवादीले बनायो संविधान संशोधन कार्यदल