गठबन्धन बैठक बस्नुअघि प्रधानमन्त्री देउवा आन्तरिक परामर्शमा
बिहीबार, ०५ फागुन २०७८, १७ : १०

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठकअघि आन्तरिक परामर्श थालेका छन् । मन्त्रिपरिषद बैठक सकिएलगत्तै देउवाले पार्टीका शीर्ष नेतासँग संवाद थालेको एक नेताले रातोपाटीलाई बताए । देउवासँगको छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री बालकृष्ण खाण र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन् ।
गठबन्धनका नेताहरु बालुवाटार आउने क्रम चलिरहेका बेला देउवा भने आन्तरिक परामर्शमा रहेका छन् । यता बिहान काँग्रेस नेता मिनेन्द्र रिजालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । एमसीसी संसदमा टेबल गर्ने विषयमा गठबन्धनमा सहमति हुन सकेको छैन ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिएपछि देउवाले विकल्पबारे आन्तरिक पनि परामर्श बढाएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविको बन्दी प्रत्यक्षीकरण रिटको पेसी सोमबार
-
जेलेन्स्कीले भने-३० घण्टे युद्धविराममा रुसले १३ सय ५५ पटक गोलाबारी गर्यो, दुई हजार पटक उल्लंघन
-
कमजोर कार्यसम्पादन, कहाँ चुक्यो बागमती सरकार ?
-
कपालमा बारम्बार मेहन्दी लगाइरहनु हुन्छ ? यस्ता छन् बेफाइदा
-
स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
भोलेनाथको बार आज कुन राशिलाई कस्तो लाभ ?